थापा र शर्माले महामन्त्रीमा जित्नेवित्तिकै निर्वाचन समितिले यस्तो बोल्यो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी निर्वाचित भएको जनाएको छ ।

समितिका संयोजक गोपालकृष्ण घिमिरेले बिहीबार विज्ञप्ति जारी गरेर थापाले ३ हजार २३ र शर्माले १ हजार ९ सय ८४ मत पाएको जनाएका छन् ।

महामन्त्रीमा ६ जना नेताहरू महामन्त्रीमा उम्मेदवार बनेका थिए । थापा र शर्मासहित डा.प्रकाशशरण महत, प्रदीप पौडेल, डा.मीनेन्द्र रिजाल र डा.राजाराम कार्की प्रतिस्पर्धामा थिए ।

डा.महतले १ हजार ५ सय ६, पौडेलले १ हजार ३ सय ९३ र डा.कार्कीले १ सय ६ मत पाएको विज्ञप्तिमा उल्लेख छ ।

महामन्त्रीमा निर्वाचित थापा सभापतिमा पराजित शेखर कोइरालाको समूहबाट उम्मेदवार बनेका थिए ।

महामन्त्रीमा निर्वाचित अर्का उम्मेदवार शर्मा सभापतिमा पराजित प्रकाशमान सिंहको समूहबाट उम्मेदवार बनेका थिए ।

Published : Thursday, 2021 December 16, 7:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया