कांग्रेसको उप–सभापतिमा खड्का र गुरुङ विजयी, गच्छदार र भण्डारी पराजित

काठमाडौं । नेपाली कांग्रेसका उप–सभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् ।

बुधबार मध्यराति सम्पन्न भएको मतगणनामा खड्का र गुरुङ निर्वाचित भएका हुन् । खड्का र गुरुङ विजयी भए पनि निर्वाचन समितिद्वारा आधिकारिकता घोषणा गर्न बाँकी छ ।

उप–सभापतिमा निर्वाचित खड्का सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका थिए । गुरुङ शेखर कोइरालाको प्यानलबाट उप–सभापतिमा उम्मेदवार बनेका थिए ।

विजयकुमार गच्छरादर र चन्द्र भण्डारी पराजित भएका छन् ।

गच्छदार सभापति देउवा समूहका हुन् । भण्डारी सभापतिमा पराजित कोइराला समूहका हुन् ।

महेश आचार्य, सुजाता कोइराला र दीव्यश्वरी शाह पनि उप–सभापतिका उम्मेदवार थिए ।

Published : Thursday, 2021 December 16, 12:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया