कांग्रेसभित्र गगनलाई ‘टक्कर’ दिने युवा नेताको जन्म, पहिलो पटक गरे यस्ता खुलासाहरू

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल विद्यार्थी संघ (नेविसंघ)का महामन्त्री दीपक भट्टराईले गगन थापालाई औकातमा बस्न चेतावनी दिएका छन् ।

कांग्रेसको पार्टी सभापतिमा शेखर पराजित भएपछि तिलमिलाएका थापाले शीर्ष नेताहरूविरुद्ध जथाभावी बोल्न थालेपछि भट्टराईले धेरै बरबराउने कार्य रोक्न सुझाव दिएका हुन् । उनले थापाकै कारण धेरै युवाहरू ओझेलमा परेको भन्दै व्यक्तिवादी चरित्र त्याग्न सुझाव दिएका छन् ।

‘प्रिय मित्र गगनजी, जय नेपाल । महामन्त्री पदको मत गणना प्रारम्भ हुँदैछ’, थापालाई शुभकामना दिँदै उनले भनेका छन्, ‘तपाईंले निर्वाचन जित्नुपर्छ । जित्नु हुन्छ सफल कार्यकालको शुभकामना दिन चाहन्छु ।’

भट्टराईले भनेका छन्, ‘हाम्रो समाज यस्तै छ । यहाँ टाउकेको मात्रै चर्चा हुन्छ । पिँधका मान्छे बिलाएर जान्छन् । तपाईं टाउकोमा हुनुहुन्छ तपाईंको चर्चा भइरहन्छ ।’

‘हामी धेरै साथीहरू त्रि–चन्द्र क्याम्पसमा तपाईंसँगै काम गर्थ्यौँ । तीमध्ये कति साथीहरू हराइ सक्नु भयो’, भट्टराईले थापालाई भनेका छन्, ‘कति हराउँदै छौं । अन्यथा नसोँच्नु होला । हामीले तपाईं एक्लै अगाडि बढेकोमा रिस गरेका होइनौं ।’

उनले भनेका छन्, ‘बरु हामी हराउनुमा कुनैन कुनै कुनाबाट तपाईंको भूमिका रहेकोमा गर्व गरेका छौं ।’

‘तपाईंसँगै म पनि परिवर्तनका निम्ति लडीरहेकै थिएँ । अर्थ बुझाइ दिनुभयो । आफूभन्दामाथिकोलाई धकेल्ने आफू सरह र तलकालाई निमोठ्ने’, थापासँग चित्त दुखाउँदै भट्टराईले भनेका छन् ।

‘यो देश हाक्ने संकल्प लिनु भएको छ’, उनले भनेका छन्, ‘यो ठूलो उद्देश्यका निम्ति तपाईंसँगै काम गर्ने नेविसंघका साथीहरूभन्दा उद्योगी, व्यवसायी, व्यापारी, कर्मचारी, शिक्षक, डाक्टर, इञ्जिनियर, भिसी, पत्रकारहरू तपाईंको रोजाइमा पर्नु स्वाभावीकै होला ।’

‘तर मित्र यो पल्ट आधा परिवर्तन आयो । तपाईं पनि नेविसंघमा काम गरेको साथी । अर्को महाधिवेशनमा आफ्नो नीति विपरीत आफैं सभापति नउठ्नु होला’, उनले भनेका छन् ।

‘बरू सबै मिलेर अर्को महाधिवेशनमा कुनै एउटा व्यापारी, व्यवसायी, डाक्टर, इञ्जिनियर कोही नपाए पत्रकार खोजेर पार्टी सभापति बनाऊँ । पूरा परिवर्तन आउँछ’, युवा नेता भट्टराईले थापालाई ब्याङ्गात्मक सुझाव दिएका छन् ।

‘परिस्थिति जे सुकै होस् । तपाईं अगाडि बढ्नु होला । यो समाज तपाईं अनुकूलकै छ । यहाँ बोल्नेको पिठो बिक्छ’, भट्टराईले भनेका छन्, ‘तपाईं बोल्नुहुन्छ । तपाईंको पिठो बिक्री भइरहन्छ । जय नेपाल ।’

शेखर कोइरालाको समूहबाट महामन्त्री पदको उम्मेदवार बनेका थापाले सभापतिमा निर्वाचित शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरूविरुद्ध जथाभावी बोल्न थालेपछि युवा नेता भट्टराईले यो अभिव्यक्ति दिएका हुन् ।

थापाविरुद्ध अभिव्यक्त दिन धेरै नेता कार्यकर्ताहरू हच्कीरहेका बेला युवा नेता भट्टराईले जोखिम मोलेर टिप्पणी गरेका छन् । भट्टराईले थापालाई ‘टक्कर’ दिएर पार्टीभित्रको यथार्थ बोलेका छन् ।

Published : Wednesday, 2021 December 15, 5:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया