कांग्रेसको पदाधिकारी र सदस्यहरूमा यस्तो आयो प्रारम्भीक अनुमान, गगनको के छ अवस्था ?

काठमाडौं । नेपाली कांग्रेसको सभापतितर्फको अन्तिम नतिजा सार्वजनिक भएसँगै पदाधिकारी र सदस्यहरूको चासो बढेको छ ।

बुधबार बिहान कांग्रेसको सभापतिमा शेरबहादुर देउवा भारी मतसहित विजयी भएपछि पदाधिकारी र सदस्यमा कसले जित्ला भनेर चर्चा शुरु भएको छ । देउवाले प्रतिद्वन्द्वी शेखर कोइरालालाई ८७८ मतको अन्तरले पराजित गरेका छन् । यो अन्तर निकै धेरै हो ।

अब पदाधिकारीमा पनि यस्तै मतअन्तर आयो भने देउवा प्यानलका उम्मेदवारहरू विजयी हुन सक्छन् । सभापतिमा मत आयो भन्दैमा पदाधिकारी र सदस्यहरूले पनि मतदान एउटै प्यानललाई मतदान गर्छन् भन्ने छैन ।

महाधिवेशन प्रतिनिधिहरूले पदाधिकारी र सदस्यहरूमा व्यक्ति हेरेर मतदान गरेका हुन्छन् । कांग्रेसका एकजना महाधिवेशन प्रतिनिधिले भनेका छन्, ‘पदाधिकारी र सदस्यमा व्यक्ति हेरेर मतदान दिएको छु ।’ उनको यो भनाइले पनि लोकप्रिय नेता निर्वाचित हुनेछ ।

देउवाले पाए जस्तै गरेर पदाधिकारी र सदस्यले मत पाएका रहेछन् भने कोइरालाको टिमबाट उम्मेदवार बनेका चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, मीनेन्द्र रिजालहरू पराजित हुनेछन् ।

देउवा टिमबाट उम्मेदवार बनेका पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार, प्रकाशशरण महत, प्रदीप पौडेलहरू निर्वाचित हुनेछन् ।

महामन्त्रीमा उम्मेदवार बनेका गगन थापा युवाहरूका बीच लोकप्रिय छन् । कांग्रेसमा पनि लोकप्रिय छन् । महामन्त्रीमा थापाको जित हुनेमा शुभेच्छुकहरू ढुक्क छन् ।

मतपरिणामको नतिजा आइनसकेका कारण कसले जित्छ भन्ने अवस्था छैन । तर, देउवाले सभापतिमा जित हासिल गरेका कारणले कोइराला टिमका पदाधिकारी र सदस्यहरूको जित हुन्छ भन्नेमा आशंका छ ।

केन्द्रीय निर्वाचन समितिले बुधबार छलफल गरेर पदाधिकारी र सदस्यहरूको मतगणना कसरी गर्ने भनेर तयारी गर्नेछ । पदाधिकारी र सदस्यहरूको मतगणना कांग्रेसको पार्टी कार्यालय सानेपा, ललितपुरमा हुनेछ ।

Published : Wednesday, 2021 December 15, 9:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया