सभापतिमा देउवा निर्वाचित, निर्वाचन समितिले यस्तो दियो तथ्याङ्क

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

बुधबार बिहान कांग्रेसको केन्द्रीय निर्वाचन समितिद्वारा जारी विज्ञप्ति अनुसार देउवाले २ हजार ७ सय ३३ मतसहित विजयी हासिल गरेका हुन् ।

देउवाका प्रतिद्वन्द्वी शेखर कोइरालाले १ हजार ८ सय ५५ मत पाएका छन् ।

देउवाले आफ्ना प्रतिद्वन्द्वी कोइरालालाई ८७८ मतअन्तरले पराजित गरेका छन् ।

सभापति पदका लागि मंगलबार दोस्रो चरणको मतदान भएको थियो । मतदानमा ४ हजार ६ सय २३ मत खसेको थियो । ३५ मत बदर भएको निर्वाचिन समितिको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन समितिले कांग्रेसको सभापतिमा देउवा निर्वाचित भएको घोषणा गरेको छ । योसँग देउवा कांग्रेसको दोस्रो कार्यकालका लागि सभापति बनेका छन् ।

दोस्रो चरणको मतदानमा देउवालाई पहिलो चरणको निर्वाचनका सभापतिका तीन जना उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ तथा नेता रामचन्द्र पौडेल र शशांक कोइरालाले मौन समर्थन गरेका थिए ।

सभापतिका उम्मेदवार कोइरालालाई आफ्नै परिवारबाट समर्थन थिएन । आफ्नै परिवार मिलाउन नसक्दा कोइरालालाई ठूलो धक्का लागेको छ ।

Published : Wednesday, 2021 December 15, 7:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया