देउवा र शशांकबीच भेटवार्ता, यस्तो भयो कुराकानी ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला र सभापतिका उम्मेदवार एवम् प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

सभापतिमा दोस्रो चरणको मतदान हुनुभन्दा अगाडि देउवाले कोइरालालाई बालुवाटारमा बोलाएर भेट गरेका हुन् । भेटमा देउवाले सभापतिमा आफूलाई मतदान गर्न कोइरालासँग आग्रह गरेका छन् ।

भेटमा कोइरालाले देउवालाई सभापतिमा समर्थन रहनेभन्दै जितको शुभकामना दिएका छन् ।

महामन्त्री कोइराला सभापतिका उम्मेदवार आफ्ना दाई शेखर कोइरालाको पत्रकार सम्मेलनमा नगएर देउवासँग भेट गरेका छन् ।

भेटमा अरु के कुरा भएको थियो । केही भनिएको छैन । देउवा र कोइरालाबीच भएको भेटको तस्बिर प्रधानमन्त्रीको ग्रुपमा प्रेस सल्लाहकार गोविन्द परियारले राखेका छन् ।

Published : Tuesday, 2021 December 14, 3:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया