शेखरको साथमा वीपीलाई फाँसी माग्ने नेता, परिवारबाट फेरि साथ पाएनन्

काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले फेरि पनि एक्लै पत्रकार सम्मेलन गरेर मत मागेका छन् ।

काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर कोइरालाले मत मागेका हुन् । मत मागे पनि कोइरालासँग उनका परिवारका कोही नेताहरू थिएनन् ।

पत्रकार सम्मेलनमा रातो पासपोर्ट बिक्री गरेको आरोप काण्डमा परेका धनराज गुरुङ, कृष्णप्रसाद भट्टराई ‘किशुनजी’लाई अन्तरघात गरेर हराएको आरोप लागेका चन्द्र भण्डारी, प्रतिनिधि सभाको निर्वाचनमा परातिज एवम् वीपीलाई फाँसी दिनुपर्छ भनेर दरबारमा विन्तिपत्रि हाल्ने नेता अर्जुन नरसिंह केसीलगायतका नेताहरूको उपस्थिति थियो ।

पञ्चायतकालमा नेता केसीले राजदरबारमा वीपीलाई फाँसी माग गरेर विन्तीपत्र दिएका थिए । अहिले उनै केसीलाई साथमा लिएर कोइराला हिँडेका छन् ।

पत्रकार सम्मेलनमा नेता रामचन्द्र पौडेल, महामन्त्री शाशांक कोइराला, नेतृ सुजाता कोइरालाको उपस्थिति थिएन । आफ्नै परवारबाट कोइरालालाई समर्थन छैन ।

उनले अलग टिम बनाएर सभापतिमा उम्मेदवारी दिएका छन् ।

Published : Tuesday, 2021 December 14, 3:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया