कांग्रेसका ‘ठूला माछा’ ‘सुनिल–राजेन्द्र’ सम्पत्ति शुद्धीकरण विभागको निगरानीमा, एक्सन लिने तयारी

काठमाडौं । नेपाली कांग्रेसका दुई जना ठूला माछाहरू सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानविन गर्ने भएको छ ।

नेपाल मेडिकल कलेज, सिनामंगल र नोबल मेडिकल कलेज विराटनगरका मालिक समेत रहेका कांग्रेस नेता शर्मालाई विभागले अनुसन्धानको दायरामा राखेको उच्च स्रोतले जनाएको छ । शर्माको सम्पत्तिका विषयलाई लिए विभिन्न समयमा सर्वसाधारणले प्रश्न उठाउँदै आएका छन् ।

कांग्रेसका नेता एवम् पर्यटन व्यवसायी राजेन्द्र बजगाइँ पनि बिभागको निशानामा परेका छन् । स्रोतका अनुसार बजगाइँलाई सम्पत्ति शुद्धीकरण विभागले सूचीमा राखेर आन्तरिक अनुसन्धान र छानविन गरिरहेको छ ।

बजगाइँ कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवार समेत बनेका छन् । उनको सम्पत्तिलाई लिएर बेलाबेला चर्चा हुने गरेकोा छ ।

गोरखा जिल्लाबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भएका बजगाइँ कांग्रेसको तर्फबाट प्रदेश सभा निर्वाचनमा पनि उम्मेदवार बनेका थिए ।

सामान्य परिवारबाट पयर्टन व्यवसायमा हात हालेका बजगाइँको सम्पत्ति धेरै देखिए पछि विभागले आँखा लगाएको छ ।

विभागका सूचना अधिकारी सुशीलप्रसाद आचार्यले कतिपय कुराहरू भन्न मिल्ने र नमिल्ने खालका हुनेभन्दै यसबारेमा आफूले तत्काल भन्न नसक्ने बताए ।

‘उहाँहरूका बारेमा मैले पनि बुझ्नुपर्छ’, आचार्यले भने, ‘सम्बन्धित शाखाको फाइल हेरेर बुझेर मात्रै भन्न सक्छु । अहिले नै केही भन्न सक्दैन ।’

यस विषयमा प्रतिक्रिया लिन शर्मा र बजगाइँसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

Published : Tuesday, 2021 December 14, 2:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया