निधिले पनि सभापतिमा देउवालाई साथ दिए
काठमाडौं । नेपाली कांग्रेस नेता विमलेन्द्र निधिले पनि सभापतिका उमेदवार शेरबहादुर देउवालाई समर्थन गरेका छन् ।
काठमाडौंको भीमसेनगोलामा मंगलबार बिहान निधिको निवासमा देउवा निधिबीच भएको भेटवार्तामा निधिले देउवालाई समर्थन गर्ने सहमति भएको हो । निधिले पत्रकारहरूसँग कुरा गर्दै आफूले पनि देउवालाई समर्थन गर्ने जानकारी दिएका छन् ।
सभापतिका उम्मेदवार देउवालाई यसअघि नै प्रकाशमान सिंहले समर्थन गरेका थिए । सिंहलाई भेटेर देउवा नेता निधिलाई भेट्न पुगेका थिए ।
मंगलबार बिहान भएको मतगणनामा सभापति पदमा कुनै उम्मेदवारले बहुमत प्राप्त गर्न सकेनन् ।
कूल खसेको ४ हजार ६७९ मतमा शेरबहादुर देउवाले २२५८ मत ल्याएका थिए। सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले १७०२ मत प्राप्त गरेका छन् ।
प्रकाशमान सिंह ३७१, विमलेन्द्र निधिले २५०, कल्याण गुरुङले २२ मत ल्याएका छन् ।
पार्टीको विधानअनुसार कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कूल खसेको ५० प्रतिशत धेरै मत हुनुपर्छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया