शेखरका अराजक समर्थकद्वारा देउवालाई अपमान, देउवा र रामचन्द्रले मन दुखए

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध कार्यकर्ताले चियापन कार्यक्रममा नारावाजी गरेका छन् ।

काठमाडौंको लैनचौरस्थित पार्टी प्यालेसमा मंगलबार बिहान नेता रामचन्द्र पौडेलद्वारा आयोजित चियापान कार्यक्रममा केही अराजक कार्यकर्ताहरूले देउवाविरुद्ध नारावाजी गरेका हुन् । देउवाविरुद्ध नारावाजी भएपछि नेता पौडेलले देउवालाई मञ्चसम्म लगेका थिए ।

देउवा मञ्चमा पुगेर बस्दा पनि २०/२५ जनाको समूहले देउवाविरुद्ध नारावाजी गरिरहेपछि नेता पौडेलले ‘साथीहरू शान्त भएर बसिदिनुस्’, ‘केही हुँदैन साथीहरू’ भनेर पटक–पटक आग्रह गरेका थिए । तर, ती अराजक नारावाजी गर्ने गर्नेहरूले आफ्नो कार्यलाई रोकेनन् ।

नारावाजी चलिरहेकै बेला शेखर कोइराला आएपछि भने ती नारावाजी गर्नेहरू चुपचाप बसेका थिए । नारावाजी गर्नेहरू शेखरका समर्थक हुन् ।

शेखर पराजित हुने अवस्थामा पुगेपछि रिसाएका समर्थकले देउवाविरुद्ध नारावाजी गरेर अराजकता प्रदर्शन गरेका छन् ।

कांग्रेस प्रजातान्त्रिक पार्टी हो । सबैलाई बोल्ने छुट छ । तर, नारावाजी नै गरेर आराजक शैली प्रदर्शन गर्ने कार्य लोकतान्त्रिक संस्कार होइन ।

यसैबीच, सभापति पदका उम्मेदवार देउवाले केही महाधिवेशन प्रतिनिधिको व्यवहारले आफूलाई दुःख लागेको बताएका छन् । कार्यकर्ता अनुशासित हुनुपर्ने देउवाले बताएका छन् ।

‘तपाईंहरूको व्यवहारले मलाई दुःख लागेको छ । कांग्रेस अनुशाासित हुनुपर्छ’, देउवाले भने, ‘भोलि तपाईंले पार्टी बनाउने हो । देश बनाउने हो ।’

‘जित–हार आफ्नो ठाउँमा होला । तर, नेताको रेस्पेक्ट गर्न सक्नु भएन भने कसरी बनाउनुहुन्छ पार्टी ? कसरी बनाउनुहुन्छ देश ?’, प्रश्न गर्दै देउवाले भनेका छन् ।

Published : Tuesday, 2021 December 14, 11:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया