चाक्सीबारीमा सिंह र खाणबीच वार्ता, के भयो कुराकानी ?
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग गृह मन्त्री समेत रहेका नेता बालकृष्ण खाणले भेटवार्ता गरेका छन् ।
सभापतिको मतगणनाको अन्तिम नतिजा आउनेवित्तिकै खाणले नेता चाक्सीबारीस्थित निवासमा पुगेर सिंहसँग भेट गरेका हुन् । भेटमा नेता सिंहसँग खाणले सभापतिको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई सहयोग गर्न अनुरोध गरेका छन् ।
खाणको आग्रहपछि नेता सिंहले आफ्नो टिमका साथीहरूसँग परामर्श गरेर अगाडि बढ्ने जवाफ दिएको एक नेताले बताए ।
नेता खाणले सभापतिमा देउवालाई नै विजयी बनाएर आगामी सबै तहको निर्वाचन जितेर कम्युनिस्टलाई सखाप पार्न प्रस्ताव गरेका थिए ।
कम्युनिस्ट सखाप पार्ने कुरामा सिंह सहमति भएका छन् । सहयोग गर्ने विषयमा भने साथीहरूसँग परामर्श गरेर छिटै जवाफ दिने बताएका छन् ।
कोइराला परिवारका कारण गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई ‘किशुनजी’ले कांग्रेस छाडेर बस्नु परेको थियो । गणेशमान र किशुनजीको बदला लिने बेला प्रकाशमान सिंहलाई आएको छ ।
बिचार/ब्लग
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया