शेखरका यी दुई उप–सभापतिको यस्तो थियो धन्दा, रातो पासपोट बिक्री र किशुनजी हराउने

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई ‘किशुनजी’लाई हराउन पर्चा बाँड्ने र मन्त्रीको रातो पासपोर्ट चोर बिक्री गर्ने दुई जना चर्चित नेताहरू सभापतिका उम्मेदवार शेखर कोइरालाको समूहबाट शक्तिशाली पदमा उम्मेदवार बनेका छन् ।

सभापतिका उम्मेदवार शेखरले आफ्नो टिममा चन्द्र भण्डारी र धनराज गुरुङलाई उप–सभापतिमा उम्मेदवार बनाएका छन् ।

चन्द्र भण्डारीले किशुनजीलाई काठमाडौंको तत्कालीन क्षेत्र नं. १ नयाँ बानेश्वर क्षेत्रबाट हराउन गिरिजाप्रसाद कोइरालाको निर्देशनमा प्रचा बाँड्नेदेखि अन्तरघाती काम गरेको आरोप छ । अहिले पनि भण्डारीलाई कांग्रेसका नेताहरूले किशुनजीलाई हराउन अन्तरघाती नेताका रुपमा चर्चा गर्ने गर्छन् ।

गिरिजाप्रसाद कोइरालाको निर्देशनमा चन्द्र भण्डारीले अन्तरघाती काम गरेपछि तत्कालीन एमालेकी नेतृ विद्यादेवी भण्डारील उप–निर्वाचन जितेकी थिइन् । चन्द्र भण्डारीलाई एमालेकी विद्यादेवी भण्डारीलाई जिताएको आरोप छ ।

शेखरका अर्का उप–सभापति धनराज गुरुङ रातो पासपोर्ट बेच्ने काण्डमा तत्कालीन गृहमन्त्री गोविन्दराज जोशीले पक्राउ गरेरै कारबाही गरेका थिए । पूर्वमन्त्री जोशीले नै धनराज गुरुङलाई रातोपासपोर्ट बेचेको काण्डमा कारबाही गरेको आफ्ना अन्तर्वार्ताहरूमा भन्ने गरेका छन् ।

Published : Monday, 2021 December 13, 10:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया