शेखर समूहद्वारा आचारसंहिता उल्लंघन, आन्तरिक प्रतिस्पर्धामै करोड खर्च

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाविधेशमा उम्मेदवारहरूले अत्याधिक खर्च गरेपछि केन्द्रीय निर्वाचन समितिले सचेत गराएको छ ।

उम्मेदवार बनेहरूले प्रचार प्रसारसहितका कुरामा अत्याधिक खर्च गरेका छन् । एउटा केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेको व्यक्तिले १० लाखसम्म खर्च गरेको चर्चा छ ।

उम्मेदवारहरूले प्रदर्शनीमार्गमा ठूला लाउडस्पिकर राख्ने, ठूलो पोस्टर राख्ने, ठूला स्क्रिन भएका टिभी राख्ने लगायतका कार्य गरेर तडकभडक गरेपछि समिति उम्मेदवारहरूलाई सचेत गराएको छ ।

सभापतिका उम्मेदवार शेखर कोइराला समूहका उम्मेदवारहरूले अत्याधिक रुपमा पैसा खर्च गरेर तडकभड्कसहितको प्रचार शैली अपनाएका छन् ।

शेखरले सभापतिमा निर्वाचित हुन सामदाम, दण्ड, विभेद सबै अपनाएका छन् । शेखरले मत आफ्नो पक्षमा पार्न १० करोड खर्च गरेको आरोप छ ।

गगन थापाले मात्रै ५ करोड खर्च गरेको चर्चा छ ।

सबैभन्दा धेरै तडकभडक महामन्त्रीका उम्मेदवार थापाकै देखिएको छ । थापाले आफूलाई मात्रै प्रचार गर्दै भोट माग गरेका छन् । कानको जालीनै फुट्ने गरि थापाले प्रचारशैली अपनाएका छन् ।

सभापतिका उम्मेदवार शेरबहादुर देउवा समूहबाट शेखर टिमको जस्तो आचारसंहिता उल्लंघन गरेको छैन ।

निर्वाचन समितिले आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलाई कारबाही गर्ने चेतावनी दिएको छ । तैपनि उम्मेदवारहरूले सुनेका छैनन् ।

Published : Monday, 2021 December 13, 10:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया