कांग्रेसको मतदान हुनुभन्दा केही घण्टा अगाडि देउवा–पौडेलको पारिवारिक फोटो सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको तस्बिर सर्वाजनिक भएको छ ।

देउवाले आइतबार बिहानै काठमाडौंको बोहराटारस्थित पौडेलको निवासमा पुगेर भेटेका थिए । भेटमा पौडेलको स्वास्थ्य अवस्था र राजनीतिक अवस्थाका विषयमा कुराकानी भएको थियो ।

भेटमा देउवाले पौडेललाई राजनीतिबाट निस्क्रिय हुने कुरा नगर्न ढाडस दिँदै आफू साथमा रहेको जानकारी गराएका थिए ।

त्यसपछि देउवासँग नेता पौडेल र उनका परिवारका सदस्यहरूले सामूहिक तस्बिर खिचाएका थिए ।

सोमबार कांग्रेसको नयाँ नेतृत्वको लागि सभापति, पदाधिकारी र सदस्यहरूमा मतदान हुँदैछ । मतदान हुनुभन्दा केही घण्टा अगाडि देउवा र पौडेलबीच पारिवारिक वातावरणमा खिचिएको तस्बिर सार्वजनिक भएको छ । यो फोटोका महत्व रहेको चर्चा छ ।

Published : Monday, 2021 December 13, 12:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया