यी हुन् ‘टिम देउवा’का ‘कमाण्डर’, क्रम संख्या कति ? मतदान गर्न अपील

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री खाणले केन्द्रीय सदस्य खुलातर्फ उम्मेदवारी दिएको भन्दै मतदान गर्न अपील गरेका छन् ।

आइतबार भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा प्रतिनिधिहरूसँगको कुराकानीमा खाणले आफूलाई मतदान गर्न आग्रह गरेका हुन् । खाणले केन्द्रीय सदस्य ३५ जना खुलातर्फ उम्मेदवारी दिएका छन् ।

गृहमन्त्री खाणको क्रम संख्या ५३ रहेको छ । महाधिवेशन प्रतिनिधिहरूसँग असल नेतृत्वलाई विजयी बनाउन खाणले अनुरोध गरेका छन् ।

नेता खाणले सभापतिमा उम्मेदवार दिएका शेरबहादुर देउवाको प्यानललाई विजयी बनाउन अनुरोध गरेका छन् । प्रजातन्त्रका लागि संघर्ष गरेको नेता रहेको भन्दै खाणले देउवाकै नेतृत्वमा संविधान कार्यान्वयन भएको बताए ।

देउवाले संविधान कार्यान्वयन गरेर मुलुकलाई कानूनी शासनतिर लगेको बताए ।

खाणले आफूलाई महामन्त्री पदमा उम्मेदवारी दिन तयारी अवस्थामा राखेका थिए । सभापतिमा देउवालाई विजयी बनाउने सर्तमा उनले महामन्त्री पद त्याग गरेर ३५ जना केन्द्रीय सदस्यको खुलातर्फ उम्मेदवारी दर्ता गराएका हुन् ।

हात्तीसारस्थित बन्द रहेको जय नेपाल चलचित्र भवनमा सचिवालय स्थापना गरेर देउवा र उनको टिमको पक्षमा प्रचार प्रसार गरिरहेका छन् । देउवाको चुनावी अभियानको कमाण्डिङ खाणले गरिरहेका छन् ।

Published : Sunday, 2021 December 12, 10:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया