कार्यकर्ताहरूसँग यो अवस्थामा भेटिए देउवा, प्रतिनिधिहरूको आँखा रसायो

काठमाडौं । शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापति आफूभन्दा ठूला नेता र सानालाई गाली गरेर नेता भएका होइनन् । कांग्रेस बन्नका लागि उनले धेरै गुमाएका छन् ।

कांग्रेसमा लागेर प्रजातन्त्र ल्याउन खोज्दा देउवाले आफ्नो जिब्रो नै गुमाउनु परेको छ । उनले बोलेका बुझिदैन । तत्कालीन शासकहरूले देउवाको जिब्रोमा करेन्ट लगाइदिएका कारण बोली नुझिएको हो ।

आइतबार सभापतिमा उम्मेदवारी दिएका प्रधानमन्त्री देउवाले पार्टीका साधारण कार्यकर्तासँगै महाधिवेशनस्थल भृकुटीमण्डपमा बसेर खाना खाएका छन् ।

सामान्य प्लाष्टिकको निलो कुर्सीमा बसेका देउवाले हालमा प्लेटमा खाने कुरा राखेका छन् । प्लाष्टिकै प्लेटमा भात, दाल र तरकारी राखिएको छ । देउवा महाधिवेशन प्रतिनिधिहरूसँगै लाइनमा बसेर भात, दाल, तरकारी आफ्नो प्लेटमा राखेर ल्याएका हुन् ।

एकजना महाधिवेशन प्रतिनिधि महिला नजिकै भुइँमा बसेकी छिन् । देशको प्रधानमन्त्री एवम् पार्टी सभापतिलाई नजिकै आफूसँग बसेको देख्दा ती महिला दङ्ग परेकी छिन् । देउवालाई नजिकै देखेपछि ती महिला हाँसेकी छिन् । ती महिला खुट्टामा लगाएको जुत्ता फुकालेर बसेकी छिन् ।

देउवालाई देखेपछि सम्हालिन खोज्छिन् । तर, देउवाले कुनै अफ्ठ्यारो नमानेर खाना खान आग्रह गरेका थिए ।

देउवाका नजिकै रहेका अन्य महिला र पुरुषहरू पनि दङ्ग छन् । देउवा सुदूरपश्चिमको सामान्य परिवारबाट हुर्र्किएर आएको व्यक्ति हो । गाउँको गरिवी र पीडा देउवालाई थाहा छ ।

देउवालाई गाली गर्नेहरू पनि छन् । समर्थन गर्नेहरू पनि छन् । देउवा एक्लैले बिगारेको जस्तो गरिन्छ । देउवालाई काम गर्न नदिनेहरू को–को थिए भनेर कसैले पनि खोजेका छैनन् ।

Published : Sunday, 2021 December 12, 10:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया