कांग्रेसको खुला सदस्यमा प्रतिस्पर्धा गर्ने यी हुन् दिग्गज महिला नेतृहरू

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य महिला खुला ९ सिटका लागि ३० जना महिला नेतृहरूले प्रतिस्पर्धा गर्ने भएका छन् ।

खुला महिला केन्द्रीय सदस्य पदमा आरजु राणा, पुष्पा भुसाल, सरिता प्रसाइँ, अनिता देवकोटा, ईश्वरी न्यौपाने, डिला संग्रौला, रंगमती शाही, बिजुला वर्मा राणा जस्ता नाम चलेका चर्चित महिला नेताहरू भिड्दै छन् । कांग्रेसले महिलाहरू मात्रै प्रतिस्पर्धा गरुन् भनेर केन्द्रीय सदस्यमा ९ वटा सिट छुट्याइदिएको छ ।

अकला गुरुङ्ग, अनिता देवकोटा, अम्बिका सुबेदी, अम्बिका शर्मा लामिछाने, अम्विका बस्नेत, डा.आरजु राणा देउवा, ईश्वरी न्यौपाने, उमा दाहाल, उषाकुमारी राउत, कल्पना अधिकारी रहेका छन् ।

किरण कोइराला, गौरीकुमारी श्रेष्ठ, जमुना ढकाल, डा.डिला संग्रौला पन्त, तुलसा पन्त, धन खतिवडा, नम्रता बराल, पुष्पा भुसाल, बासना थापा, बिजुला बर्मा राणाले पनि प्रतिस्पर्धा गर्दैछन् ।

मोदती केसी, रंगमती शाही, रमा कोइराला पौडेल, रीता दवाडी, रुक्मिणीदेवी कोइराला, शान्ति कार्की, सुशीला ढकाल आचार्य, सरिता प्रसाइँ, सावित्री बोगटी पाठक, सीतादेवी देवकोट पाण्डे पनि प्रतिप्रधामा छन् ।

Published : Sunday, 2021 December 12, 9:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया