रामचन्द्र–शशांक नआएपछि कालोनिलो बने शेखर, अनुपम फुडल्याण्डमा धोका

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा मनोनयन दर्ता गरेका शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडल र महामन्त्री शशांक कोइरालाविनै पत्रकार सम्मेलन गरेर भोट मागेका छन् ।

काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा शेखरले पत्रकार सम्मेलन गरेर आफ्नो टिमको धारणा सार्वजनिक गरेका हुन् ।

सभापतिका उम्मेदवार शेखरले नेता पौडेल र महामन्त्री शकांक नआए पनि आफूहरूलाई आशीर्वाद रहेको दाबी गरे ।

पत्रकारहरूले वरिष्ठ नेता पौडेल र महामन्त्री शशांक खोइ भनेर जिज्ञासा राखेका थिए । सभापतिका उम्मेदवार शेखरले नेता पौडेल र महामन्त्री शशांकका बारेमा कुनै स्पष्ट जवाफ दिन सकेनन् । पौडेल र शशांकका बारेमा प्रश्न सोधेका बेला शेखरको अनुहार कालोनिलो भएको थियो ।

शेखरले आफ्नो समूहका पदाधिकारीहरूलाई परिचय गराएका थिए ।

शेखरले गगन थापालाई बोल्नका लागि मञ्च दिएका थिए । अरु उम्मेदवारहरूलाई बोल्न दिएनन् । गगनलाई बाल्न दिँदा मीनेन्द्र रिजालले रोक्न खोजेका थिए ।

शेखरको समूहले पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेल र महामन्त्री शशांक कोइरालासहितको संयुक्त पत्रकार सम्मेलन गर्ने सूचना जारी गरेका थिए ।

शेखरको पत्रकार सम्मेलनमा पौडेल र शशांक नआएपछि ठूलो झट्का लागेको छ ।

Published : Sunday, 2021 December 12, 7:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया