देउवा टिमले दुई केन्द्रीय सदस्यसहित खाता खोल्यो
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल सर्वसम्मत भएका छन् ।
आइतबार बिहान जंगीलाल रायले केन्द्रीय सदस्य पदबाट उम्मेदवारी फिर्ता लिएपछि ढुंगाना र रिजाल सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ ।
प्रदेश २ बाट केन्द्रीय सदस्य पदमा ढुंगाना र रिजालले शनिबार मनोनयन दर्ता गराएका थिए । उनीहरू दुबै जना सभापति शेरबहादुर देउवा निकटका हुन् ।
केन्द्रीय सदस्य पदमा सर्वसम्मत भएका नेता ढुंगाना कांग्रेसको वित्तीय तथा सहकारी विभागका प्रमुख समेत रहेको विभागका सचिव सुरेन्द्र भण्डारीले जानकारी दिए ।
प्रदेश नं. २ मा अब एक महिला सदस्यका लागि निर्वाचन हुनेछ । महिला १ सहित खुला २ जनाका लागि ४ जनाको उम्मेदवार परेको थियो ।
प्रदेश २ बाट महिला केन्द्रीय सदस्य एक जनाको लागि चित्रालेखा यादव र गीता चौधरीबीच प्रतिस्पर्धा हुनेछ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया