माओवादीबाट सांसद बन्न खोजेपछि गिरिजाबाबुले शेखरलाई कुनै पद नदिनु भनेका थिए

काठमाडौं । २०६४ को संविधानसभामा कांग्रेसबाट सांसद नबन्ने भएपछि कांग्रेस नेता शेखर कोइराला झण्डै माओवादी कोटाबाट सांसद बनेका थिए ।

तत्कालीन कांग्रेस सभापति एवम् प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शेखरलाई तत्कालीन अवस्थामा अहिले सांसद बनाउन नसक्ने बताएपछि उनी हानिएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को शरणमा पुगेका थिए ।

‘प्रचण्ड’ले सांसद बनाउने निर्णय लिएर गिरिजाबाबुलाई भेटेपछि केहीबेर बबण्डर भएको थियो ।

‘शेखर’दा त प्रचण्डकोमा पुगेर सांसद माग्नु भएछ’, कोइराला परिवारका एक सदस्यले भने, ‘प्रचण्डले नै शेखरलाई मेरो पार्टीबाट सांसद बनाउँछु भनेर बालुवाटारमा आएर भनेपछि गिरिजाबाबुले यो मान्छ खराब मान्छे हो, यसलाई कांग्रेसको पदमा नलैजानु भनेका थिए ।’

तत्कलीन अवस्थामा कांग्रेसबाट सुजाता कोइराला सांसद बनेपछि शेखर माओवादीमा प्रवेश गर्ने निष्कर्षमा पुगेका थिए ।

गिरिजाबाबुले बालुवाटार बोलाएर झपारेर रिसाएपछि बल्ल थमथमिएर बसेका थिए ।

गिरिजाप्रसाद कोइरालाले छोरी सुजाता र वीपी पुत्र शशांकलाई यो कुरा भनेका थिए । ‘गिरिजाबाबुले जीवनको अन्तिम समयमा शेखरलाई विश्वास नगर्नु, यो मान्छे कांग्रेसका लागि भाइरस हो’ भनेका थिए ।

पछिल्लो गतिविधिले गिरिजाबाबुले शेखरका विषयमा भनेका कुराहरू पुष्टि हुँदै आएका छन् । सबै दलको सहमतिमा लिपुलेक, लिम्पियाधुरा लगायतका नेपाली भूमि समेटेर नक्सा जारी गर्दा शेखरले आपत्ति जनाएका थिए । यी लगायतका राष्ट्रिय मुद्दा र कांग्रेसको हितका निर्णयमा पनि शेखरले विरोध गर्नेगरेका छन् ।

यो कुराको सबै जानकारी नेतृ सुजाता कोइरालालाई पनि छ । सोही कारण सुजाताले शेखरलाई साथ नदिएर नेता प्रकाशमान सिंहको उप–सभापति बनेकी छिन् ।

Published : Sunday, 2021 December 12, 11:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया