एमालेबाट कांग्रेस छिरेका यी अर्बपतिको हर्कतले प्रदर्शनीमार्गमा हँगामा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् अर्बपति विनोद चौधरीले मधेसी समुदायका लागि आरक्षित पदमा मनोनयन दर्ता गरेर जग हँसाएका छन् ।

नवलपुर जिल्लाबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएर आएका चौधरीले कांग्रेसको राजनीतिमा लागेर दुःख पाएका नेता कार्यकर्ताको भाग खोस्ने कार्य गरेका छन् । चौधरीले मधेसीतर्फको अरक्षित कोटाको केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका छन् ।

चौधरीलाई अपुग केही छैन । पैसा र सम्पत्तिको कुरा गर्ने हो भने चौधरीसँग कति छ भन्ने कुरा उनैलाई थाहा छैन ।

अर्बपति चौधरीसँग राजनीति र सामाजिक प्रतिष्ठा छैन । सोही कारण उनी कांग्रेसको राजनीतिमा सक्रिय छन् ।

एमालेको समानुपातिक सांसद बनेका चौधरीले एमाले छाडेर कांग्रेसमा प्रवेश गरेका थिए । कांग्रेसले उनलाई समानुपातिक सांसद बनाइदिएको छ ।

एमालेबाट कांग्रेस प्रवेश गरेको धेरै समय भएको छैन । चौधरीले कांग्रेसको क्रियाशील सदस्यता लिएको पनि ५ वर्ष पुगेको छैन ।

तैपनि चौधरीले केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका छन् । चौधरीले मधेसीको कोटा खोस्ने गरेर मनोनयन दर्ता गराएपछि मधेसी समुदाय चकित परेका छन् ।

अर्बपति चौधरीसँग अपुग केही छैन । केन्द्रीय सदस्य पदमा निर्वाचित हुन चौधरीले करोडौँ रुपिया खोलामा पानी बगेसर बगाउन सक्छन् । तर, राजनीतिको नशा पाउन उनले मधेसीको आरक्षणको सहारा लिएका छन् ।

अर्बपति चौधरीको हर्कतविरुद्ध काठमाडौंको प्रदर्शनीमार्गमा कांग्रेसका नेता कार्यकर्ताले हँगामा मच्चाएका छन् ।

Published : Sunday, 2021 December 12, 12:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया