कांग्रेसको केन्द्रीय सदस्यमा मनोनयन दर्ता गर्ने यी हुन् दाङका एघार नेताहरू
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि दाङ जिल्लाबाट झण्ड दर्जन नेताहरूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
दाङका कांग्रेसका नेताहरू १ १ जना नेताहरूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज पाण्डेले जानकारी दिए ।
केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनेहरूमा दीपक गिरी, योगेन्द्र चौधरी, पार्वती डिसी चौधरी, कृष्णकिशोर घिमिरे, शिला गौतम खड्का, अनिता देवकोटा, विमला नेपाली, गेहेन्द्र गिरी, बमबहादुर डिसी, प्रदीप शर्मा, देविका नेपाली रहेका छन् ।
हालको कार्यसमितिमा केन्द्रीय सदस्य रहेका दीपक गिरीले सह–महामन्त्री पदमा उम्मेदवारी दिने जनाएका थिए । अन्तिम समयमा उनले खुलातर्फको केन्द्रीय सदस्य पदमा मनोनयन दिएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया