कांग्रेसका यी शीर्ष नेताहरूले उम्मेदवारी दिएनन्

काठमाडौं । सभापतिमा आफ्नै समूहले असहयोग गरेपछि असन्तुष्ट बनेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कुनै पनि पदमा उम्मेदवारी दिएका छैनन् ।

नेता पौडेल सभापतिमा उम्मेदवार बन्न ठूलै प्रयासहरू गरेका थिए । महामन्त्री शशांक कोइराला र नेता शेखर कोइराला तथा नेता प्रकाशमान सिंहले ठूलो असहयोग गरेपछि सभापतिमा उम्मेदवार बन्ने योजना पौडेलको तुहिएको थियो ।

नेता पौडेलले कांग्रेसको १४औँ महाधिवेशनमा सदस्य पदमा पनि उम्मेदवारी दिएका छैनन् ।

कांग्रेसमा नेता कृष्णप्रसाद सिटौलाले पनि उम्मेदवारी दिएका छैनन् । सभापतिका आकांक्षी देखिएका नेता सिटौलाले कुनै पनि पदमा उम्मेदवारी नदिएका हुन् ।

परराष्ट्र मन्त्री समेत रहेका नेता डा.नारायण खड्काले पनि उम्मेदवारी दिएका छैनन् । खड्काले सभापतिमा शेरबहादुर देउवालाई विजयी बनाउन उम्मेदवारी नदिएका हुन् ।

कांग्रेसका अरु थुप्रै नेताहरूले पनि कुनै पदमा उम्मेदवारी दिएका छैनन् ।

Published : Saturday, 2021 December 11, 6:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया