देउवाद्वारा सभापतिमा मनोनयन दर्ता, उप–सभापति र महामन्त्रीहरू को–को ?

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले मनोनयन दर्ता गराएका छन् ।

शनिबार राष्ट्रिय सभामा पुगेर देउवाले सभापतिमा मनोनयन दर्ता गराएको नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।

उप–सभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काले मनोनयन दर्ता गराएका छन् ।

महामन्त्रीमा डा.प्रकाशशरण महत र प्रदीप पौडेलले मनोनयन दर्ता गराएका छन् ।

नेता सिटौलाले कुनै पनि पदमा उम्मेदवारी दिएनन् । उनले कांग्रेसको राजनीतिमा सक्रिय भएर लाग्ने बताएका छन् ।

नेता सिटौलाले आफ्नो समूहबाट महामन्त्री पदमा पौडेल र सह–महामन्त्रीमा उमाकान्त चौधरीलाई उम्मेदवार बनाएको बताए ।

Published : Saturday, 2021 December 11, 4:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया