देउवाद्वारा सभापतिमा मनोनयन दर्ता, उप–सभापति र महामन्त्रीहरू को–को ?
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले मनोनयन दर्ता गराएका छन् ।
शनिबार राष्ट्रिय सभामा पुगेर देउवाले सभापतिमा मनोनयन दर्ता गराएको नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।
उप–सभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काले मनोनयन दर्ता गराएका छन् ।
महामन्त्रीमा डा.प्रकाशशरण महत र प्रदीप पौडेलले मनोनयन दर्ता गराएका छन् ।
नेता सिटौलाले कुनै पनि पदमा उम्मेदवारी दिएनन् । उनले कांग्रेसको राजनीतिमा सक्रिय भएर लाग्ने बताएका छन् ।
नेता सिटौलाले आफ्नो समूहबाट महामन्त्री पदमा पौडेल र सह–महामन्त्रीमा उमाकान्त चौधरीलाई उम्मेदवार बनाएको बताए ।
Published : Saturday, 2021 December 11, 4:43 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया