सभापतिमा सिंहद्वारा मनोनयन दर्ता, उप–सभापति र महामन्त्री को ?

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति पदमा मनोनयन दर्ता गराएका छन् ।

शनिबार राष्ट्रिय सभा गृहमा आफै उपस्थित भएर सिंहले सभापतिमा उम्मेदवारी दिएका हुन् । सिंहको तर्फबाट सुजाता कोइरालाले उप–सभापतिमा उम्मेदवारी दिएकी छिन् ।

सिंह गएको केही समयपछि महामन्त्री पदमा मनोनयन दर्ता गराउन विश्वप्रकाश शर्मा पनि पुगेका थिए ।

सिंहको टिमबाट शर्माले महामन्त्री पदमा उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिएपछि पत्रकारसँग कुरा गर्दै उनले सिंहलाई सभापतिमा आफ्नो समर्थन रहेको बताए ।

Published : Saturday, 2021 December 11, 4:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया