शेखरको टिमा गगन, मीनेन्द्र, धनराजहरू परे, विश्वप्रकाश आउट

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाको टिमबाट

शनिबार बसेको शेखर समूहको बैठकले सभापतिमा शेखर कोइरालालाई उम्मेदवार बनाउने निर्णयगरेको छ ।

उप–सभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारीले उम्मेदवारी दिने भएका छन् । महामन्त्रीमा डा.मीनेन्द्र रिजाल र गगन थापा रहनेछन् ।

सह–महामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियारले उम्मेदवारी दिनेछन् ।

सह–महामन्त्रीमै महिलाबाट कमला पन्त, जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट वकिल मियाँ उम्मेदवार बनेका छन् ।

यसैबीच, नेता रामचन्द्र पौडेल समूहबाट अर्जुननरसिंह केसी, डा. रामशरण महत र बलबहादुर केसीले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

उनीहरू उप–सभापति पदको आकांक्षी रहेका थिए । उप–सभापति नपाएपछि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

शेखरको टिममा प्रवक्ता विश्वप्रकाश शर्माले स्थान पाएनन् । शर्मालाई शेखरले महामन्त्री बनाउने चर्चा थियो । सभापति शेरबहादुर देउवालाई धोका दिएर विमलेन्द्र निधितिर लागेका शर्मा यता न उता भएका छन् ।

Published : Saturday, 2021 December 11, 3:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया