रामचन्द्र पौडेल अब उम्मेदवार नबन्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवार नबन्ने बताएका छन् ।

काठमाडौंको बोहराटारमा शनिबार बिहान भएको आफू निकटका नेताहरूसँगको छलफलमा पौडेलले ‘पौडेल गठबन्धन’बाट साझा उम्मेदवार बन्न नसकेपछि सभापतिमा उम्मेदवार नबन्ने जनाएको एक नेताले बताए ।

आफ्नै गुटभित्र पौडेललाई सभापतिमा कसैले पनि साथ नदिएपछि उनी ब्याक भएका हुन् ।

नेता पौडेलले आफ्नो राजनीतिक सुरक्षा आफै लिन सबैलाई आग्रह गरेका छन् । सहमति खोज्ने जिम्मा पौडेलले आफू निकटका दोस्रो तहका नेताहरूलाई दिएका छन् । तैपनि पौडेलले अन्तिम समयसम्म प्रयास गर्ने जनाइएको छ ।

Published : Saturday, 2021 December 11, 10:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया