देउवा–सिटौलाको एकतामा यी हुन् डाह गर्नेहरू ? यस कारण लोकप्रिय छन् डा.महत र प्रदीप

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको सहकार्यलाई फुटाउन नेता रामचन्द्र पौडेल नेतृत्वको गठबन्धन र गगन थापा सक्रिय भएर लागेका छन् ।

देउवा–सिटौला समूहबाट महामन्त्रीमा प्रदीप पौडेलको नाम आएपछि प्रदीपलाई देखाएर पौडेल गठबन्धन खेल्न खोजेको हो । आफू निकटका अनलाइनहरूमा पौडेल समूहले प्रदीपलाई रोक्न देउवा समूहभित्र असन्तुष्टि भनेर समाचार आएका छन् ।

सभापति देउवाले सिटौलाको साथ पाएमा पहिलो चरणमै सभापतिमा जित्ने पक्का छ । सभापतिमा जित्नका लागि सिटौलालाई एउटा महामन्त्री पद दिनुपर्छ । त्यो भनेको प्रदीप पौडेल उपयुक्त व्यक्ति हुन् ।

प्रदीप महामन्त्रीमा उम्मेदवार बने भने त्यसको असर गगन थापालाई पर्नेछ । गगनभन्दा प्रदीप युवाहरूका बीचमा लोकप्रिय छन् । गगनलाई धेरैले स्वार्थ नेताका रुपमा चिन्ने गरेका छन् ।

सिटौला समूहबाटै गगन र प्रदीप नेता बनेका हुन् । गगनले सिटौलाको साथ छाडेका छन् । प्रदीपले छाडेका छैनन् ।

सभापति देउवाले महामन्त्रीमा डा.प्रकाशशरण महतलाई अगाडि सारेका छन् । डा.महत कांग्रेसभित्र राम्रो नेताका रुपमा परिचित छन् । उनलाई अगाडि बढेको नरुचाउनेहरूले गलत प्रचार गर्ने गरेका छन् । डा.महतसँग संगत गरेकाहरूले उनलाई राम्रोसँग चिन्छन् ।

Published : Saturday, 2021 December 11, 10:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया