यस्ता छन् विश्वप्रकाश ‘दाईका किस्सा’हरू, केपी ओलीको अनलाइनलाई कांग्रेसको पैसा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘कम्युनिस्ट’ समर्थक पत्रकार र मिडियाहरूलाई काखी च्यापेर १४औँ महाधिवेशना उत्पात मच्चाएको खुलासा भएको छ ।

प्रचार प्रसार समितिको संयोजक समेत रहेका प्रवक्ता शर्माले काठमाडौंको उद्घाटन सत्रका दिन शुक्रबार कम्युनिस्ट समर्थक अनलाइनहरूलाई दिनभरि ‘ज्याकेट एड’ दिएका थिए ।

कांग्रेस समर्थक कुनै पनि अनलाइनहरूले त्यो विज्ञापन पाएनन् । झण्डै दुईतिहाईको कम्युनिस्ट सरकार हुँदा कांग्रेसका नेताहरूको समाचारलाई कहिल्यै स्थान नदिएका ती कम्युनिस्ट समर्थक अनलाइनहरूलाई विज्ञापन दिएर शर्मा र सुरेश आचार्यले गुन लगाएका छन् ।

हाम्राकुरा डटकम, मिडिया डबली डटकम, रिपब्लिका दैनिक डटकम, काठमाडौंप्रेस डटकम, हिमाल दैनिक डटकमलगायतका ‘कालो कांग्रेस’ भनेर कम्युनिस्टहरूको ब्ल्याक लिस्टमा परेका अनलाइनहरूलाई शर्मा र आचार्यले विज्ञापन दिएनन् ।

विज्ञापनबाट आउने पैसाको कुरा थिएन । प्रवक्ता शर्माले भनेको भए कांग्रेसका लागि यी अनलाइनहरूले अधिवेशनभरि निःशुल्क विज्ञापन राख्ने थिए । शर्माले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको मुखपत्र भनेर चिनिएको एउटा अनलाईनलाई पनि ‘ज्याकेट एड’ दिएका थिए ।

हुन त शर्मा र आचार्यका विषयमा धेरै कुरा र किस्साहरू छन् । उनीहरूलाई कम्युनिस्ट समर्थक भनेर आरोप नलागेको कहाँ होर ? महाधिवेशनका बेला शर्माविरुद्ध धेरै लेख्दा नराम्रो होला । शर्माबाट कांग्रेसलाई फाइदाभन्दा पनि बेफाइदा नै धेरै भएका छन् ।

सभापति शेरबहादुर देउवाले टपक्क टिपेर प्रवक्ता बनाइदिए पनि शर्माले देउवालाई हित हुने गरेर कुनै काम गरेका छैनन् । अहिले पनि विमलेन्द्र निधि वा शेखर कोइराला कसको गुटमा जाऔँ भनेर अक्षता हेरेर बसेका छन् ।

शर्माले प्रवक्ताको नाम भजाएर कमाउधन्दा नै चलाएको आरो पनि छ । उनले एमालेका पत्रकारहरूको संस्था प्रेस चौतारीका पत्रकारहरू राधाकृष्ण धिताल र आन्विका गिरीलाई राखेर ‘न्यू होराइजन मिडिया’ खोलेर ‘ऐना’भन्ने कार्यक्रम चलाएका थिए ।

शर्माले कांग्रेसको प्रवक्ताको नाम भजाएर आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल, चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी र कांग्रेसका नेता स्व.सूर्यबहादुर केसीको माछापुच्छ्रे बैंकबाट लाखौँ रकम उठाएर ‘ऐन’ भन्ने कार्यक्रम चलाएको आरोप छ ।

प्रवक्ता शर्माले कांग्रेस समर्थक मिडियालाई भन्दा जहिले पनि कम्युनिस्ट समर्थक मिडिया र पत्रकारलाई मलजल गर्दै आएको आरोप थियो । शुक्रबार प्रवक्ता शर्माले कम्युनिस्ट समर्थक अनलाइनहरूलाई मात्रै विज्ञापन दिएर आफ्नो चरित्र उदाङ्गो बनाएका छन् ।

हुन त प्रवक्ता शर्मालाई अमेरिकन आईएनजिओ कार्टर सेन्टरबाट पैसा खान्छ भन्ने आरोप पनि छ । त्यही कार्टर सेन्टरमार्फत शर्माले अमेरिकाका लागि काम गर्छन् भन्ने चर्चा कांग्रेस नेताहरूका बीच छ ।

क्रिश्चियन प्रचारक सिस्टर निर्मालाका आफन्त मानिने शर्माले तत्कालीन समयमा दरबारमा राजा भेटाउन समेत लगेका थिए ।

ललितपुरको झम्सीखेलमा प्रवक्ता शर्माले कम्युनिस्ट पर्टनरहरूसँग मिलेर ‘अगेनो’ रेष्टुरेन्ट पनि सञ्चालन गर्दै आएको चर्चा छ । अगेनोमा उनको अघोषित लगानी छ भन्नेहरू धेरै छन् । प्रवक्ता शर्माले केही गोप्य कार्यक्रम र आफू निकटका कार्यक्रम गर्नुपर्दा जहिले पनि अगेनोमा राख्ने गर्छन् ।

कांग्रेस पार्टीको वेबसाइटलाई प्रवक्ता शर्माले आफ्नो ब्लग जस्तो बनाएका छन् । वेबसाइटमा धेरै त्रुटि छन् । त्यसमध्ये कांग्रेसको १३औँ महाधिवेशनको मिति र संविधान जारी भएको तथ्याङ्क नै गलत छ ।

तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीका आईटी विज्ञ असगर अलीलाई कांग्रेसको वेबसाइट बनाउन यिनै शर्माले दिएका थिए । पछि कुरा बिग्रिएपछि असगरलाई हटाइएको थियो । असगर र प्रवक्ता शर्माबीच ५ लाख पैसाको लफडा भएको थियो ।

प्रवक्ता शर्माले तत्कालीन राष्ट्रपति रामवरण यादवलाई झुक्काएर क्रिश्चियन प्रचारक एकनाथ ढकालले गरेको ‘मुन’को ‘वीर्य खाने’ कार्यक्रममा झुक्काएर लगेको आरोप छ । त्यसपछि यादवले शर्मालाई मन पराउँदैनन् ।

प्रवक्ता शर्माका सह–संयोजक आचार्यका पनि किस्सा पनि कम छैनन् । नेपाल पत्रकार महासंघको अध्यक्षमा कांग्रेस निकटका पत्रकारहरूको संस्थाको आधिकारिक उम्मेदवारविरुद्ध विद्रोह गरेर सभापति बनेका थिए । अहिले उनै आचार्यको हालीमुहाली छ ।

कांग्रेसको अधिवेशनस्थलमा मिडिया सेन्टरको नेतृत्व गरेका आचार्यले पत्रकारहरूलाई पास समेत दिन भेदभाव गरेका छन् । शुक्रबार धेरै पत्रकारहरूलाई पास सक्कियो भनेर दिएनन् ।

ओली प्रधानमन्त्री रहेका बेला नेपाल टेलिभिजनमा कार्यक्रम चलाउने गरेका आर्चायले सह–महामन्त्री डा.प्रकाशशरण महतको अन्तर्वार्ता लिएर प्रशारण गर्न रोक लाग्दा एकशब्द बोलेनन् ।

प्रेस काउन्सिल नेपालको अध्यक्ष बन्न पुष्पकमल दाहाल ‘प्रचण्ड’को भक्त बनेका आचार्य पनि एनजिओ/आईएनजिओ समर्थक हुन् । नेपाल टेलिभिजनको अध्यक्ष बन्ने चक्करमा लागेका आचार्यले कांग्रेसको मिडिया सेन्टर अस्तव्यस्त बनाएका थिए ।

Published : Saturday, 2021 December 11, 10:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया