कांग्रेसको महाधिवेशनमा कति आए मान्छे ? छक्कै परे ओली

काठमाडौं । नेपाली कांग्रेसका १४औँ महाधिवेशनमा करीव ५० हजार नेता कार्यकर्ताहरू उपस्थिति रहेको छ ।

शनिबार काठमाडौंको भृकुटीमण्डपमा भएको कांग्रेसको उद्घाटन सत्रमा झण्डै ५० कार्यकर्ता सहभागी भएको आयोजकको दाबी छ । ४ हजारभन्दा धेरै कांग्रेसका महाधिवेशन प्रतिनिधिहरू मात्रै उपस्थित थिए ।

भृकुटीमण्डप भित्र र बाहिर सडकमा गरेर ५० हजारको आसपासमा नेता कार्यकर्ता उपस्थित भएको प्रत्यक्षदर्शीको भनाइ छ ।

कांग्रेसले महाविधेशनका लागि जिल्ला–जिल्लाबाट एमालेले जस्तो बसमा कोचेर मान्छे ल्याएको थिएन । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले धेरै मान्छे नउर्तान निर्देशन दिएका थिए ।

कोरोना सर्ने जोखिम हुनेभन्दै देउवाले महाधिवेशनको उद्घाटनसत्रमा स्वस्फुर्त रुपमा कार्यकर्ता आउन दिनुपर्ने बताएका थिए ।

एमालेले चितवनको नारायणी नदीमा पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मबाट बसमा कोचेर मान्छे उतारेको थियो ।

उद्घाटन सत्रमा आएका एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले कांग्रेसको उद्घाटनसत्रमा स्वस्फुर्त कार्यकर्ता आएको देखेर चकित परेको चर्चा भएको थियो । ओली कांग्रेसका कार्यकर्तालाई देखेर छक्कै परेका छन् ।

Published : Friday, 2021 December 10, 7:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया