दमौलीमा आन्दोलन गरेर देउवालाई मैले प्रधानमन्त्री बनाएको हुँ : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले समयमा पार्टीको महाधिवेशन गर्न नसकेको भन्दै सभापति शेरबहादुर देउवाको आलोचना गरेका छन् ।

शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा १४औँ महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै पौडेलले कांग्रेसलाई बिकृतिको अखडा बनाउन खोजेको बताए । उनले समयमा महाधिवेशन नगरेर नाम मात्रको महविधेशन गरेको बताएका छन् ।

सभापति देउवाका नाम नलिएर नेता पौडेलले मनभित्रको तुस पोखेका छन् । कांग्रेसको नेतृत्वमा पौडेल पनि छन् । तर, गल्ती र कमजोरी उनले लिन अस्वीकार गरे ।

नेता पौडेलले तनहुँको दमौलीबाट आफूले आन्दोलन गरेका कारण सभापति देउवा प्रधानमन्त्री बनेको दाबी गरेका छन् । उनले भने, ‘दमौलीबाट प्रतिगमनविरुद्ध आन्दोलन गरेका कारण हाम्रो पार्टीको सभापतिलाई प्रधानमन्त्री बनाएको छु ।’

आफ्नो सम्बोधनका क्रममा नेता पौडेलले सकारात्मकभन्दा नकारात्मक कुराहरू गरेका थिए । उनले राम्रा कामभरि सबै आफूले गरेको र नराम्रा काम सबै देउवाले गरेको भनेका थिए ।

नेता पौडेलले पैसा बाँडेर चुनाव जित्ने कार्य अन्त्य हुनुपर्ने बताएका छन् । उनले भ्रष्टाचार मौलाएको समेत बताएका छन् ।

Published : Friday, 2021 December 10, 6:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया