शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस सबैभन्दा लोकप्रिय र ठूलो पार्टी बन्छ : डा.प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले महाधिवेशनपछि हुन लागेका तीन तहका सबै निर्वाचन जित्ने बताएका छन् ।

शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै डा.महतले महाधिवेशनपछि कांग्रेस सर्वाधिक लोकप्रिय पार्टी बन्ने बताए । उनले पार्टीमा काम गर्ने गाउँका नेता कार्यकर्ताको मूल्यांकन हुने व्यवस्था गर्नुपर्ने बताए ।

‘कांग्रेसलाई सर्वाधिक लोकप्रिय पार्टी बनाउनुपर्नेछ’, डा.महतले भने, ‘हाम्रो अर्जुनदृष्टि स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचित जितेर एकलौटी सरकार बनाउने हुनुपर्छ ।’

सह–महामन्त्री डा.महतले भने, ‘सभापति शेरबहादुर देउवाले एकतावद्ध बनाएर पार्टी लैजानुभएको छ । उहाँको नेतृत्वमा अबको निर्वाचन जित्ने हो ।’

‘हामीले काम गर्छौं, कुरा गर्दैनौँ । कम्युनिस्टले काम गर्दैनन् तर, गर्दै नगरेको कामको प्रचार धेरै गर्छन्’, उनले भने, ‘काम गरेको पार्टीका गाउँका कार्यकतोका मूल्यांकन हुनुपर्छ । ठूलो संख्यामा युवाहरू जोडिएका छन् ।’

Published : Friday, 2021 December 10, 5:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया