ओलीद्वारा कांग्रेस र देउवाको प्रशंसा, त्यसपछि ‘शेरबहादुरजीलाई छोडिदिएँ…’भन्दै टाप

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले नेपाली कांग्रेससँग मिलेर अगाडि बढ्न चाहेको बताएका छन् ।

शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा कांग्रेसको १४औँ महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले कांग्रेसले सबैलाई मिलाएर साथमा लिएर जानुपर्ने बताए । उनले कांग्रेसले आफ्नो नीतिमा दलहरूलाई डो¥याउनुपर्ने बताए ।

सभापति शेरबहादुर देउवाको प्रशंसा गरेका एमालेका अध्यक्ष ओलीले भने, ‘कांग्रेसले सबैलाई साथ लिएर जाओस् । कांग्रेसले दलहरूलाई आफ्नो नीतिमा हिँडाओस् ।’

कांग्रेसका सभापति शेरबहादुर देउवासँग लोकतान्त्रिक आन्दोलनमा मिलेर काम गरेको भन्दै प्रशंसा गरेका थिए । ओलीले देउवालाई ‘मेरो साथी’ भनेर सम्बोधन गरेका थिए ।

अध्यक्ष ओलीले भनेका छन्, ‘शेरबहादुरजी प्रधानमन्त्री होइन । सबैको प्रधानमन्त्री हुनुहोस् ।’

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालको नाम नलिएर आलोचना गरेका ओलीले धेरै रापताप नदेखाउन सुझाव दिएका छन् ।

‘भरखर अध्यक्ष छानिएको रापताप छ । बाच्छो हिँड्न जान्दैन’, ओलीले अध्यक्ष माधव नेपालप्रति लक्षिमत गर्दै भनेका छन् ।

‘साना दलहरूलाई कांग्रेसले औँलो समाउन दिएन भन्ने पिर छ भन्ने कुरा सुन्छु’, ओलीले भनेका छन् ।

‘देश बनाउने कुरामा एमाले कांग्रेसको साथमा छौँ । कांग्रेससँग साथमा छौँ’, उनले भने, ‘सरकारबाट हट्नुपर्ला भन्ने डर पनि होला । एमाले एक्लै हिँड्दैन । डराउनुपर्दैन ।’

एमालेका अध्यक्ष ओली बोल्दाबोल्दै माइक बिग्रिएर आवाज नआएपछि केही बेर रोष्ट्रममा उभिएका थिए । त्यसपछि ओलीले भने, ‘शेरबहादुरजीलाई छोडिदिएँ अब । धेरै धेरै धन्यावाद छ ।’

ओली माइक बिग्रिएपछि मञ्चमा रहेको आफ्नो स्थानमा बस्न गएका थिए । सभापति देउवाले बाल्न र भाषण टुंग्याउन आग्रह गरेपछि पुनः ओली माइकमा आएर बोलेका थिए ।

ओलीले आफ्नो सम्बोधनका क्रममा कांग्रेस र सभापति शेरबहादुर देउवाको प्रशंसा गरेका थिए । उनले भने, ‘परिवर्तन, गौरवपूर्ण इतिहाँस बोकेको कांग्रेस पार्टी हो । कांग्रेससँग सहकार्य गरेर अगाडि बढ्न एमाले तयार छ ।’

Published : Friday, 2021 December 10, 5:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया