तरुण दलका सचिव शाहको खुलासाले गगन थापाको ‘दिमागको बत्ती बल्यो’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले बिहीबार ठूलो तामझापसहित युवाहरूका नाममा एक्लै शक्ति देखाएका छन् ।

युवामा नेतृत्व र परिवर्तनको कुरा गरेका थापा आफू भने वृद्ध नेताहरू बोकेर हिँडेका छन् । आफ्नो व्यक्तिगत स्वार्थमा थापाले ८६ र ६२ वर्षका नेतालाई बोकेर हिँडेको खुलासा भएको हो ।

नेपाल तरुण दल काठमाडौंका सचिव दिनेशबिक्रम शाहले युवाका नेतामा वृद्ध नेताहरू बोकेर हिँड्ने गगन थापालाई जितको शुभकामना दिएका छन् । शाहले सामाजिक सञ्जालमार्फत नेता थापालाई युवाका नाममा राजनीति गर्ने हो भने वृद्ध नेताहरूलाई जिताएर नबोक्न सुझाव दिएका छन् ।

उनले भनेका छन्, ‘गगन थापाजीले आफैले वृद्ध नेतालाई जिताएर युवाहरूलाई हराउनुभयो । तपाईलाई के भन्ने ?’

थापाले काठमाडौं काठमाडौंको सभापतिमा ४५ वर्षीय उपेन्द्र कार्कीलाई हराएर ६२ वर्षका कृष्णसबुज बानियाँलाई जिताएका थिए । काठमाडौं महानगरपालिका नगरको सभापतिमा थापाले ६८ वर्षीय निलकाजी शाक्यलाई जिताएर ४९ वर्षीय युवा नेता प्रगतिमान रञ्जितलाई हराएका थिए ।

‘युवा र परिवर्तनको नारा लगाएर नथाक्ने गगन थापा आफू हुर्केको कामनपा–३० पर्ने महानगरमा ६८ वर्षको निलकाजी शाक्य रोजेर ४९ वर्षको प्रगतिमान रञ्जितलाई हराउन लाग्नु भयो’, सचिव शाहले भनेका छन् ।

‘त्यस्तै काठमाडौं जिल्लामा ६२ वर्ष सबुज बानियाँलाई जिताएर ४५ वर्ष उपेन्द्र कार्कीलाई हराउन लाग्नु भयो’, उनले भने, ‘केन्द्रीय महाधिवेशनमा काठमाडौंको मात्र नभएर देशभरिबाट प्रतिनिधि आएका छन् । उहाँहरूले पक्कै यो कुरा मन्न गरेर मतदान गर्नु हुन्छ । मलाई विश्वास छ ।’

तरुण सचिव शाहले भनेका छन्, ‘परिवर्तन भाषणमा मात्रै हैन, गगन थापाको व्यवहारमा पनि हुनुपर्छ, जुन काठमाडौं महाधिवेशनले देखाई सक्यो ।’

नेता कृष्णप्रसाद सिटौलाको समूहबाट नेता र मन्त्री बनेका नेता थापाले अहिले आएर सिटौला समूहलाई लात हानेका छन् । थापाको कुनै पनि समूह अहिलेसम्म टुंगो लागेको छैन । थापालाई कुनै पनि टिमले विश्वास गरेर राखेका छैनन् ।

काठमाडौंको प्रज्ञाभवनमा बिहीबार ठूलो तामझाम गरेर महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । थापाको घोषणा गरेको कार्यक्रममा उनलाई साथ दिएका ठूला र राम्रा कुनै पनि नेता देखिएनन् । समग्रमा भन्ने हो भने युवाको नारा दिएर वृद्ध नेता बोक्ने नेता थापालाई धेरैले साथ छाडेको चर्चा छ ।

Published : Friday, 2021 December 10, 10:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया