सुनिलबहादुर थापाद्वारा कांग्रेसको सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा
काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापाले सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
काठमाडौंमा शुक्रबारबाट हुन लागेको कांग्रेसको १४औँ महाधिवेशनमा आफूले सह–महामन्त्री पदमा उम्मेदवारी दिने नेता थापाले बताएका छन् । पूर्वमन्त्री समेत रहेका नेता थापा कांग्रेसको वर्तमान कार्यसमितिमा पनि सह–महामन्त्री छन् ।
गृहजिल्ला धनकुटा रहेका नेता थापा सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । देउवालाई सभापतिमा विजयी बनाउन नेता थापाले आफ्नो तर्फबाट सबै पहलहरू गरिरहेका छन् ।
नेता थापाले आफूलाई सह–महामन्त्री पदमा मतदान गरेर विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूसँग अनुरोध गरेका छन् ।
कम्युनिस्टहरूले झण्डै दुईतिहाइ बहुमत पाउँदा पनि सत्ता सञ्चालन गर्न असफल भएको बताएका नेता थापाले आगामी सबै निर्वाचनमा कांग्रेसले विजयी हासिल गर्ने बताए । उनले कांग्रेसले मात्रै मुलुकलाई निकास दिने बताएका छन् ।
कांग्रेसको सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका नेता थापा पूर्वप्रधानमन्त्री स्व.सूर्यबहादुर थापाका छोरा हुन् । कार्यकर्ताको संरक्षणमा नेता थापाले आफूलाई जहिले पनि अग्रपंक्तिमा राख्दै आएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया