गुटको भेलामा आएका मान्छे देखेर शेखर चकित

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाको गुटको बैठकमा नाम चलेका ठूला नेताहरू अनुपस्थित भएका छन ।

बिहीबार बिहान काठमाडौंको बसुन्धरास्थित दियालो फुडल्याण्डमा कोइरालाले गुटको भेला राखेका थिए ।

भेलामा आफू निकटका जिल्ला सभापतिहरूलाई कोइरालाले बोलाका छन् । कोइरालाले सोँचेभन्दा थोरै जिल्ला साभपति र समर्थकहरूलाई देखेपछि जिल परेको चर्चा छ ।

गुटको भेलामा नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंह नदेखिएपछि कोइराला चकित परेका छन् । सीमित जिल्ला सभापति र आफू निकटका नेता कार्यकर्ता भेलामा सहभागी छन् ।

सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका कोइरालालाई आफ्नै परिवारबाट सहयोग छैन ।

सभापति शेरबहादुर देउवालाई गाली गरेर चर्चित बनेका कोइराला कांग्रेसको राजनीतिमा आउनुभन्दा अगाडि जागिरे थिए ।

उनलाई गिरिजाप्रसाद कोइरालाले कांग्रेस बनाएका थिए । गिरिजाप्रसाद कोइराला हुँदासम्म नेता कोइरालाको हालिमुहाली थियो ।

गिरिजाप्रसाद कोइराला सभापति र प्रधानमन्त्री हुँदा नेता कोइरालाले धेरै नेताहरू राजनीति विगारिदिएका थिए ।

नेता कोइरालाले कांग्रेसभित्र अनुदारवादी र अहँकारी नेताका रुपमा परिचय बनाएका छन् । कोइरालाले बाहिर अर्कै व्यवहार देखाउने र भित्र अर्को व्यवहार देखाउँदा उनी निकटका नेता कार्यकर्ता चकित पर्ने गरेका छन् ।

Published : Thursday, 2021 December 9, 11:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया