पौडेल गठबन्धनभित्र ‘हुतिहारा’ गफ, सभापति नपाएपछि झण्डै ग्वाँ–ग्वाँ रोए रामचन्द्र

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नेतृत्वको ‘पौडेल गठबन्धन’भित्र सभापति पदमा को उम्मेदवार बन्ने भन्ने विषयमा विवाद हुँदा चाक्सीबारीको बैठक भाँडिएको छ ।

बुधबार राति नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको पौडेल गठबन्धनको बैठकमा सभापति बन्न तछाड–मछाड गरेपछि सहमति हुन नसकेको हो ।

सभापति छाड्न कोही पनि तयार नभएपछि नेता पौडेल झण्डै रोएका थिए । बैठकमा पौडेलले सभापति पद आफूलाई नदिने हो भने कांग्रेस छाडेर स्वतन्त्र बस्ने धम्की दिएका नेता रामशरण महतले जानकारी दिए ।

सभापति बन्न पौडेल गठबन्धनभित्र नेता पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला लागेका छन् । सभापतिमा सहमति गर्न नसक्ने पौडेल गठबन्धनले कांग्रेसलाई बलियो बनाउँछ भनेर कसैले विश्वास गरेका छैनन् । यी सबै स्वार्थी नेताहरू हुन् ।

नेता चन्द्र भण्डारीले सभापतिको उम्मेदवार बन्ने विषयमा सहमति हुन नसकेको बताए । उनले बिहीबार पुनः सम्वाद हुने बताए । सभापतिमा साझा उम्मेदवारमा सहमति हुन नसकेमा आ–आफै उम्मेदवार बन्ने बताए ।

बैठकमा नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, सरिता प्रसाइँ, चन्द्र भण्डारी, अर्जुन नरसिंह केसी गगन थापा, जीवन परियार, बलबहादुर केसी, रामशरण महत, दिलेन्द्रप्रसाद बडुल, रामकृष्ण यादवगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2021 December 9, 12:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया