कांग्रेसका युवा नेता पौडेलद्वारा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता टेकराज पौडेलले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्व सह–महामन्त्री समेत रहेका पौडेलले आफूलाई मतदान गरेर केन्द्रीय सदस्यमा विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूसँग अनुरोध गरेका छन् । उनले युवाहरूलाई कांग्रेसको नेतृत्वमा लैजानुपर्ने भन्दै कांग्रेसको रुपान्तरण अनिर्वाय रहेको बताएका छन् ।

नेता पौडेल नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य समेत हुन् । पौडेल तरुणहरूका बीच पनि लोकप्रिय छन् । युवाहरूका विषयमा नेता पौडेलले बचाउ गर्दै आएका छन् ।

बाग्लुङ जिल्लाको क्षेत्र नं. २ निसिखोलाका स्थायी घर भएका नेता पौडेल कांग्रेसका कार्यकर्ताको दुःख, पीडामा सधैँ सहयोगी बनेर काम गर्दै आएका छन् ।

कांग्रेसको १३औँ महाधिवेशन पनि नेता पौडेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । त्यस बेला थोरै मतले उनी पराजित भएका थिए । यस पटक विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूसँग अपेक्षा लिएको उनले बताएका छन् ।

Published : Wednesday, 2021 December 8, 11:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया