पर्यटन व्यवसायी समेत रहेका नेता शेर्पाद्वारा कांग्रेसमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता आङछिरिङ शेर्पाले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेता शेर्पाले महाधिवेशन प्रतिनिधिहरूसँग अमूल्य मत दिएर आफूलाई विजयी बनाउन अपील गरेका छन् । पर्यटन व्यवसायी समेत रहेका नेता शेर्पाले कांग्रेसको संगठन निर्माणमा ठूलो योगदान गरेका छन् ।

कांग्रेसका कार्यकर्ताका लागि सधैँ सहयोग गर्न अग्रपंक्तिमा उभिदै आएका शेर्पाले केन्द्रीय कार्यसमितिमा रहेर संगठन निर्माण गर्ने योजना रहेको बताएका छन् । उनले कांग्रेसलाई आगामी निर्वाचनहरूमा जिताउनका लागि आफ्नो भूमिका खोजेका छन् ।

कम्युनिस्टप्रति अनुदार मानिने नेता शेर्पाले देशको विकास कांग्रेसभन्दा अरु कसैले पनि गर्न नसक्ने बताउँछन् । ‘कांग्रेसप्रति जनताको भरोसा बढेर आएको छ’, उनले भने, ‘दुईतिहाइ बहुमत पाउँदा पनि कम्युनिस्टहरूले देश चलाउन सकेनन् । कांग्रेसले देशको शासन सत्ता चलाउनुपरेको छ ।’

अहिलेको अवस्था आउन नदिन कांग्रेसको नेतृत्वमा असल नेताहरू चयन हुनुपर्ने भन्दै नेता शेर्पाले महाधिवेशन प्रतिनिधिहरूलाई बहकावमा नलागेर मतदान गर्न अनुरोध गरेका छन् ।

नेता शेर्पाले सयौँ पर्यटन व्यवसायीहरूलाई नेपाली कांग्रेसमा प्रवेश गराएका छन् । उनले विपत्तिका बेला समस्या परेका जनतालाई खाद्यान्नसहितको सहयोग समेत गरेका छन् ।

Published : Wednesday, 2021 December 8, 11:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया