कास्की कांग्रेसका नेता काफ्लेद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता ऋषिराम काफ्लेले केन्द्रीय सदस्य पदमा उम्मेदवार घोषणा गरेका छन् ।

नेविसंघ, नेपाल तरुण दल हुँदै पार्टीको राजनीतिमा सक्रिय कास्की जिल्ला निवास काफ्लेले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने जनाएका छन् ।

सभापति शेरबहादुर देउवा निकट मानिने काफ्ले कांग्रेसभित्र इमान्दार नेताका रुपमा परिचित छन् । कास्की कांग्रेसमा लामो समय काम गरेका काफ्लेलाई विजयी बनाउन नेता कार्यकर्ताको आग्रह पनि छ ।

कास्की जिल्लाको तरुण दलको अध्यक्ष बनेर संगठन निर्माण गरेका नेता काफ्लेले गण्डकी प्रदेशतर्फको केन्द्रीय सदस्यको पदमा उम्मेदवार दिनेतयारी गरेका छन् ।

नेता काफ्लेले आफूलाई केन्द्रीय सदस्य पदमा मतदान गरेर विजयी बनाउन महाधिवेश प्रतिनिधिहरूसँग अनुरोध गरेका छन् ।

Published : Wednesday, 2021 December 8, 11:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया