चार पटक कांग्रेसको पार्टी सभापति बनेका गुरुङद्वारा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेस संखुवासाभका पूर्व पार्टी सभापति तारामान गुरुङले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेका गुरुङले आदिवासी जनजातीतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने जनाएका छन् । उनले आफूलाई मतदान गरेर विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूसँग अनुरोध गरेका छन् ।

उनले भने, ‘पार्टीको केन्द्रीय नेतृत्वमा रहेर काम गर्ने भनेर केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेको छु । सबै साथीभाई, शुभेच्छुक र विचार समूहका नेताहरूको सुझावमा अगाडि बढ्नेछु ।’

नेता गुरुङले कांग्रेसलाई बलियो र अबको सबै निर्वाचन जित्ने गरेर ‘हाम्रो’ कांग्रेस बनाउने अभियानमा लाग्ने बताएका छन् ।

नेता गुरुङ संखुवास सभा कांग्रेसको चार पटकसम्म पार्टी सभापति भइसकेका छन् । प्रतिनिधि सभाका पूर्वसांसद समेत रहेका गुरुङ गगन थापा स्वास्थ्य मन्त्री भएका बेला स्वास्थ्य राज्यमन्त्री बनेका थिए ।

कांग्रेस र कार्यकर्ताका लागि सधैँ अग्रमोर्चामा रहेर काम गर्ने नेता गुरुङ सामान्य जीवन विताउन मन पराउँछन् । अरु नेताले जस्तो देखावटी कुरा गर्न गुरुङलाई आउँदैन ।

पूर्वराज्यमन्त्री गुरुङलाई कांग्रेसभित्र इमान्दार, सालिन, मिजासिला नेताका रुपमा गुरुङलाई लिने गरिएको छ । उनीलाई नेता कृष्णप्रसाद सिटौला निकट मानिन्छने ।

इमान्दारिताकै कारण नेता गुरुङ राजनीतिमा पछाडि परेको कांग्रेसका कार्यकर्ताबीच चर्चा हुने गरेको छ ।

नेता गुरुङले कहिल्यै पनि लोभ गरेनन् । लोभ गरेको भए उनी स्वास्थ्य राज्य मन्त्री बनेका बेला धेरै गलत काम गर्न सक्थे । देश, जनता र कांग्रेसका लागि कहिल्यै गलत कुरमा हात हालेनन् ।

Published : Wednesday, 2021 December 8, 9:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया