बालकृष्ण खाणको घोषणाले कांग्रेसभित्र तरंग उत्पन्न, महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं । गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले महामन्त्री पदमा उम्मेदवारी दिने बताएका छन् ।

नेता खाणले आफू निकटका नेताहरूसँग महामन्त्री पदमा उम्मेदवारी दिन देशभरिका शुभेच्छुक र नेता कार्यकर्ताको सुझाव आएको बताएका हुन् । उनले पार्टीको नेतृत्वमा रहेर लामो समय काम गरेको भन्दै महामन्त्रीमा रहेर संगठन निर्माण गर्ने बताए ।

शेरबहादुर देउवा कांग्रेसको सभापतिमा उपयुक्त नेता रहेको बताएका खाणले कांग्रेस बनाउन देउवाको योगदानको कम आँकलन गर्न नहुने बताए ।

उनले भने, ‘कांग्रेस बनाउन शेरबहादुर देउवाको पनि योगदान छ । रामचन्द्र पौडेलसहितका सबै नेताहरूको पनि योगदान छ । म कुनै पनि नेताको आलोचना गर्ने पक्षमा छैन । आलोचना गर्नु पर्दा उहाँहरूकै अगाडि गर्छु ।’

महाधिवेशन आउन दुई दिन बाँकी रहेका बेला गृहमन्त्री समेत रहेका नेता खाणले महामन्त्री पदमा उम्मेदवारी दिने भनेर घोषणा गरेका छन् ।

Published : Wednesday, 2021 December 8, 12:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया