महाधिवेशनले कांग्रेस नेतृत्वमा युवाहरूलाई स्थान दिनुपर्छ : नेता चापागाइँ

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता उत्तम चापागाइँले १४औँ महाधिवेशनमा आएका महाधिवेशन प्रतिनिधिहरूलाई स्वागत गरेका छन् ।

कांग्रेसको महाधिवेशन मंसिर २४ गते शुक्रबार भृकुटीमण्डपमा शुरु हुँदैछ । महाधिवेशनमा सहभागी हुन काठमाडौंमा प्रतिनिधि आउन थालेका छन् ।

कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका नेता चापागाइँले महाधिवेशन प्रतिनिधिहरूलाई उपयुक्त नेतालाई मतदान गरेर विजयी बनाउन आग्रह गरेका छन् ।

नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष समेत रहेका चापागाइँले कांग्रेसको नेतृत्वमा युवाहरूलाई पनि १४औँ महाधिवेशनले स्थान दिनुपर्ने बताएका छन् ।

Published : Wednesday, 2021 December 8, 12:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया