देउवाले बोलाए आफू निकटका नेताहरूको बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका नेताहरूको बैठक बोलाएका छन् ।
प्रधानमन्त्री समेत रहेका देउवाले बुधबार बिहान आफ्नो निजी निवास बुढानिलकण्ठमा निकटका नेताहरूको बैठक बोलाएका हुन् । देउवाले १४औँ महाधिवेशनको तयारी, सभापति र पदाधिकारीहरूका विषयमा परामर्श गर्ने बुझिएको छ ।
देउवाले १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने जनाइसकेका छन् । पदाधिकारीहरूमा क–कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा पनि छलफल हुनेछ ।
पौडेल गठबन्धनभित्र को सभापति हुने ? भन्ने विषयमा विवाद भएर गठबन्धन नै धरापमा परेका बेला देउवाले आफू निकटका नेताहरूको बैठक बोलाएका छन् ।
Published : Tuesday, 2021 December 7, 9:50 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया