‘पौडेल गठबन्धन’ फुट्यो, शशांक कारण शेखरले भाँडभैलो मच्चाए

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नेतृत्वको ‘पौडेल गठबन्धन’ विभाजित भएको छ ।

काठमाडौंको ठमेलस्थित चाक्सीबारीमा मंगलबार बसेको पौडेल गठबन्धनको बैठकमा नेता पौडेल र महामन्त्री शशांक कोइराला एकातिर देखिएका छन् । नेता प्रकाशमान सिंह र शेखर कोइराला अर्को पक्षमा देखिएका छन् ।

पौडेल गठबन्धनको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै बुधबार बस्ने बैठकमा आफू सहभागी नहुने बताएका थिए । शेखर बैठकमा सहभागी नहुने भनेपछि पौडेल गठबन्धन फुटेको चर्चा छ ।

शेखरले सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् । कोइराला परिवार आफूभित्रै विभाजित छ ।

‘भोलिको बैठकमा म जान्नँ’, नेता शेखर कोइरालाले भने, ‘अरु नेताहरू जानुहुन्छ ।’

शेखरका भाइ समेत रहेका महामन्त्री शशांकले सभापतिमा पौडेललाई समर्थन गरेपछि पौडेल गठबन्धनमा विभाजन आएको छ ।

शशांकले शेखरलाई सभापतिमा साथ दिनुपर्ने बेला पौडेललाई समर्थन जनाएपछि भाँडभैलो मच्चिएको हो ।

Published : Tuesday, 2021 December 7, 9:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया