महामन्त्रीमा डा.महतलाई मतदान गर्न कांग्रेसका प्रतिनिधिहरूको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले महामन्त्रीमा डा.प्रकाशशरण महत उचित हुने बताएका छन् ।

पार्टीका सह–महामन्त्री समेत रहेका डा.महतलाई महामन्त्रीमा मतदान गरेर जिताउन महाधिवेशन प्रतिनिधिहरूले अनुरोध गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा मंगलबार भेटिएका प्रतिनिधिहरूले महामन्त्रीमा डा.महतको पक्षमा आफ्नो मतदान हुने बताएका छन् ।

कांग्रेसका लागि डा.महतले पु¥याएको योगदानको कदरस्वरुप महामन्त्रीमा विजयी बनाउन प्रतिनिधिहरूको आग्रह छ ।

कांग्रेसको सह–महामन्त्री रहेर राम्रो काम गरेका डा.महतले पछिल्लो समय बाग्मती प्रदेश कांग्रेसमा आफ्नो टिमबाट सभापतिमा ईन्द्रबहादुर बानियाँसहितको प्यानललाई विजयी बनाउन भूमिका खेलेका थिए ।

डा.महतले भारतसँगको सम्बन्धलाई पनि अझै प्रगाढ बनाउन भूमिका खेलेका थिए । कांग्रेस र भारतबीच पछिल्लो समय सम्बन्ध पातलो हुँदै गएको भनेर चर्चा चलिरहेका बेला डा.महतले भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुखलाई नेपाल भ्रमण गराएर सम्बन्ध सुधार गरेका छन् ।

सह–महामन्त्री डा.महतलाई भाजपाले भारत भ्रमणमा बोलाएर सम्बन्ध सुधारको संकेत गरेको थियो ।

परराष्ट्र नीतिमा डा.महतले दख्खल राख्छन् । परराष्ट्र मन्त्री बनेका बेला उनले अन्तर्राष्ट्रिय समुदायसँग नेपालको हितमा लाग्न पहल गरेका थिए ।

Published : Tuesday, 2021 December 7, 8:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया