युवा नेता साहद्वारा कांग्रेसमा उम्मेदवारी घोषणा, पार्टी बिगार्ने ठालु नेताहरूलाई तनाब
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता रामपल्टन साहले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
साहले मधेसी आरक्षणतर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले १४औँ महाधिवेशनमा आफूलाई मतदान गरेर विजयी बनाउन मतदाताहरूसँग अनुरोध गरेका छन् ।
सभापति शेरबहादुर देउवा निकट मानिने युवा नेता साह सरल र सहज नेताका रुपमा चिनिन्छन् । नेता साह कांग्रेसका युवाहरूका बीच लोकप्रिय मानिन्छन् । पार्टीका कार्यकर्ताको संरक्षणमा साहले सधैँ आफूलाई अग्रस्थानमा राख्ने गरेका छन् ।
कांग्रेसको राजनीतिमा लागेर लाभ लिन नसक्ने थोरै नेताहरूमा साह पनि पर्छन् । कांग्रेसको संगठन निर्माणमा पनि उनले आफूलाई अग्रमोर्चामा उभ्याउने गरेका छन् ।
मधेसमा कांग्रेसलाई कमजोर बनाउनेहरू केही सीमित ठालु नेताहरूसँग साह असन्तुष्ट छन् । ती ठालु र कथित ठूला नेताहरूलाई पराजित परेपछि मधेसमा कांग्रेस स्वतः ठूलो र सशक्त बनेर आउने साहले बताएका छन् ।
मधेसका ठालु ठेकेदार नेताहरूका कारण कार्यकर्ताका बीच लोकप्रिय हुँदाहुँदै साहलाई सधैँ पछाडि पारिएका नेतामा पर्छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया