शुभकामना दिन कांग्रेसको महाधिवेशनमा को–को पाहुना आउँछन् ?

काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनको उद्घाटन सत्रमा राष्ट्रिय दलहरूलाई मात्रै बोलाउने भएको छ ।

कांग्रेसले सबै राष्ट्रिय राजनीतिक दलहरूलाई निम्तो पठाएको सह–महामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार कांग्रेसको महाधिवेशनको उद्घाटन सत्र रहेको छ ।

उद्घाटन सत्रमा कांग्रेसले विदेशी विभिन्न राजनीतिक दलहरूलाई पनि निम्तो पठाएको छ ।

पाहुना स्वागत तथा व्यवस्थापन समितिका संयोजक समेत रहेका डा.महतले विदेशी पाहुनाहरू आउने बताए ।

भारतीय जनता पार्टी (बीजेपी) र भारतीय राष्ट्रिय कांग्रेस काठमाडौं आउने सन्देश पठाएको सह–महामन्त्री डा.महतले बताएका छन् ।

भारतीय राष्ट्रिय कांग्रेसका शीर्ष नेता महाधिवेशनमा आउनेछन् ।

कोभिडको नयाँ भेरियन्ट आएका कारण त्यसैको प्रभावले धेरै पाहुनाहरू आउन सक्ने अवस्था नरहेको उनले बताएका छन् ।

कांग्रेसले एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायत राजनीतिक दलहरूलाई महाधिवेशनको उद्घाटन सत्रमा बोलाएको छ ।

कांग्रेस १४औँ महाधिवेशनको उद्घाटन सत्र शुक्रबार दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । कांग्रेसले धेरै ठूलो तामझाम गर्नेछैन ।

१४औँ महाविधेशन सफल बनाउन सक्रियताका साथ लागेका सह–महामन्त्री डा.महतले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

Published : Tuesday, 2021 December 7, 12:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया