प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोले, को–को नेता पुगे ?
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले महाधिवेशनलाई केन्द्रित बनाएर सम्पर्क कार्यालय खोलेका छन् ।
मंगलबार बिहान नेता सिंहले काठमाडौंको रामशाहपथस्थित पार्टी प्यालेस भाडामा लिएका हुन् । उनले सोही पार्टी प्यालेसलाई सम्पर्क कार्यालय बनाएका छन् ।
नेता सिंहले १४औँ महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सिंहले सभापतिबाट ब्याक नहुने जनाइसकेका छन् ।
नेता रामचन्द्र पौडेलको गठबन्धनमा रहेका सिंहलाई सभापतिमा छाडेर गठबन्धनभित्रका नेताहरूलाई साथ दिन दवाव छ ।
सिंहको सम्पर्क कार्यालय उद्घाटनमा काठमाडौं कांग्रेस सभापति कृष्णसबुज बानियाँ र ललितपुर कांग्रेसका सभापति जितेन्द्रकुमार श्रेष्ठ पनि सहभागी थिए ।
केन्द्रीय सदस्य राजन केसी र काठमाडौं महानगरकी उप–प्रमुख हरिप्रभा खड्गीलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
यसअघि, उप–सभापति विमलेन्द्र निधिले नयाँ बानेश्वरको थापागाउँको एउटा पार्टी प्यालेसलाई सम्पर्क कार्यालय बनाइसकेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया