कांग्रेसमा उम्मेदवार बन्न कति छन् पदहरू ? के चाहिन्छ मापदण्ड ?

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि सभापतिसहित अधिकांश पदमा निर्वाचत हुनेछ ।

कांग्रेसको विधानले तोकेको क्षेत्राधिकारभित्र रहेर सभापतिसहितका पदाधिकारी र सदस्यहरूमा उम्मेदवारी दिन मिल्नेछ ।

कांग्रेसको १४औँ महाविधेशनमा उप–सभापति– २, महामन्त्री– २, सह–महामन्त्री– ८ जना रहनेछन् । सह–महामन्त्रीका लागि खस/आर्य, जनजाती, महिला, मधेसी, मुस्लिम, थारु, दलित र पिछडिएको क्षेत्रबाट एक/एक जनालाई छुट्याइएको छ ।

केन्द्रीय सदस्यहरूमा पनि अलग अलग क्लस्टर छुट्याइएको छ । केन्द्रीय सदस्य खुल्लामा ३५ जनाले प्रतिस्पर्धा गर्न पाउनेछन् ।

प्रदेशबाट ७ महिलासहित २१ जनाले प्रतिस्पर्धा गर्न पाउनेछन् । महिला ९ जना आउनेछन् । खस आर्यमा ६ महिलासहित १३ जना, आदिवासी जनजातीमा ७ महिलासहित १५ जना, मधेसीमा ४ महिलासहित ९ जना निर्वाचित भएर आउनेछन् ।

दलितमा ४ महिलासहित ९ जना, थारुमा २ महिलासहित ४ जना, मुस्लिममा १ महिलासहित ३ जना, पिछडिएको क्षेत्रबाट १ जना, अल्पसंख्यकबाट १ जना, अपाङ्ता भएका व्यक्तिबाट १ जना केन्द्रीय सदस्यमा आउनेछन् । पदाधिकारीसहित जम्मा १३४ जनाको निर्वाचन हुनेछ ।

केन्द्रीय सभापतिमा उम्मेदवारी दिन १५ वर्ष क्रियाशील सदस्य भएको हुनुपर्नेछ । पदाधिकारी र सदस्यहरूको हकमा १० वर्ष क्रियाशील सदस्य भएको हुनुपर्नेछ ।

Published : Tuesday, 2021 December 7, 8:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया